MJ Radio
Facebook Twitter Youtube Skype
Flag

यो जीउ दाउमा लाउने मैंले, ‘कान्छी’ भने दयाहाङले श्वेतालाई

Published Date: 2018-01-08 00:00:00



श्वेता खड्काको निर्माण तथा अभिनय रहेको फिल्म ‘कान्छी’ को नयाँ गीत ‘यो जीउ दाउमा लाउने मैंले तिमीलाई मात्र हो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । वर्ष २०७४ को प्रतिक्षीत फिल्मको रुपमा हेरिएको ‘कान्छी’को शिर्ष गीत ‘चरी चट्ट परी’ बोलको गीतले युट्युबमा ७५ लाख बढी "भ्यू" पाइसकेको निर्माण पक्षले बिहीवार फिल्ममा समावेश ‘यो दिल दाऊमा लाउने’ बोलको गीत सार्वजनिक गरेको छ । गीतमा धमेन्द्र सेवनको स्वर छ । अर्जुन पोखरेलको संगीत तथा दयाराम पाण्डेको शब्द रहेको छ । भिडियोमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ , र गीतको भिडियोलाई लोकेशन, कोरियोग्राफी र खिचाइले उत्कृष्ट बनाएको छ । फागुन ४ गतेबाट प्रदर्शनमा आउन लागेको ‘कान्छी’लाई "कोहिनूर" फेम निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । श्वेतासंगै अभिनेता दयाहाङ राई, नायिका अनु शाह र कलाकारहरु कामेश्वर चौरसिया, आशान्त शर्मा फिचरिङ भएका छन् ।
ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । "कोहिनूर"पछि श्वेताले ‘कान्छी’मार्फत फिल्म निर्माण र अभिनयमा कमब्याक गरेकी हुन् ।


loading...