MJ Radio
Facebook Twitter Youtube Skype
Flag

राजले रेखालाई छातीमा राख्दै ?

Published Date: 2018-01-09 00:00:00



पछिल्लो समय म्युजिक भिडियो मोडलिङमा व्यस्त रहेकी रेखा गायक राज गुरुङको नजरमा ‘फूल जस्तो…’ देखिएकी हुन् । राजको नयाँ गीत ‘फूल जस्तो…’ बोलको भिडियो यु–ट्युबमा रिलिज भएको छ । भिडियोमा गीतको बोलजस्तै रेखा साँच्चीकै सुन्दर फूलजस्तै देखिएकी छन् ।मित्र वाम्बुले राईको शब्दरचना रहेको ‘फूल जस्तो’ गीतलाई सर्वज्ञमान शाक्य र मिलन क्रोम्जे गुरुङले संगीत गरेका हुन् । यस भिडियोमा रेखासँगै गायक राज, सरोज गुरुङ र माया गुरुङको अभिनय रहेको छ । विज्ञान राईले निर्देशन गरेको यस भिडियोलाई पोखराको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको हो । यस भिडियोलाई विज्ञानले नै सम्पादन गरेका हुन् ।


loading...