MJ Radio
Facebook Twitter Youtube Skype
Flag

संगीतकार बाट सफल र्यापर ?

Published Date: 2018-01-09 00:00:00



हामी यहाँ पछील्लो समयमा लोकको चर्चा कमाउदै गरेका एक व्यक्तिको कुरा गर्न जादैछौ । जस्ले लोक पप गीतमा र्याप राखेर आफ्नो छूट्टै पहिचान बनाउन सफल भएका छन । त्यसैको पारीणाम हो आज उनको चर्चा सर्बत्र भाईरहेको छ । अझ देश तथा बिदेसमा आयोजना हुने बिभिन्न सांगीतिक कार्यक्रममा उनको प्राय जसो उपस्थिती रहेकै हुन्छ | ति व्यक्ती हुन गायक तथा संगीतकार राजेन्द्र भाट्ट(मिस्टर आर्जे ) । मिस्टर आर्जे यतिखेर सबैको माया प्राप्त गर्ने र्यापर अन्तर्गत पर्दछन । अझ भनौ उनका हरेक गीत लोकप्रिय छन ।

उनका गीतहरु यात्रु बस देखी ठुल् ठुला क्लबहरुमा समेत गुन्जिन्छन ।
सामान्य बोलिचालिका शब्दहरुलाई टपक्क टिपेर गीत र र्याप बँनाउने मिस्टर आर्जेका सबै गीतहरु दर्शक श्रोताको मुखैमा झुन्डिएका छन । कार्टुन क्रु ले नाचेको गीत ‘कम्मरको ट्याटु’ले उनलाई चर्चाको चुलिमा पुर्यायो भने यतिखेर उनलेनै शब्द संगीत सहित् र्याप दिएको गीत ‘यती यती पानी’ बोल्को गीत क्री चलचित्रमा समावेस छ जस्ले सर्बाधिक चर्चा पनि बटुलिरहेको छ ।

लोकप्रियता हासिल गर्नु कुनै सामान्य कुरा होइन लोककै प्रिय हुन सजिलो पनि छैन । कुनै पनि व्यक्तिले लोकप्रियता हासिल गर्न समाजमा असल काम नै गर्नुपर्दछ । व्यक्तिले आफ्नो पेसा प्रती गर्ने इमान्दारिता लोकप्रियताको पहिलो कडि हो । सो पेसाको माध्याम बाट लोकको मन जित्ने कला राम्रो हुनु ब्यक्तिको अर्को सुत्र हो लोकप्रियताको लागि । हामी त्यो ब्यक्तिलाई सम्झिन्छौ जस्ले समाजका लागि असल काम गरेको हुन्छ । हजारौ नेताहरुको बिचमा पनि एक असल राजनेता बन्दछ भने हजारौ कलाकारहरुको बिचमा पनि एक सुपर स्टार बन्दछ ।

यसरी नै लोकप्रियताको मिठो स्वाद लिरहेका मिस्टर आर्जे भविस्यमा कुन उचाइ सम्म पुग्नेहुन त्यो त समयले बताउला । अहिलेलाई हामी यती भन्न सक्छौ कि र्यापर तथा संगीतअकार मिस्टर आर्जे जि तपाईं यसरी नै सबैको मन जित्ने गीतहरु नेपाली संगितलाई पस्किरहनुहोला र सामाजिक कार्य पनि निरन्तर चलिरहोस् शुभकामना । 




loading...