MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘बोबी’, को प्रिमियर नर्वेमा हुने

Published Date: 2018-01-10 00:00:00



रियल जोडी उमेश थापा र कविता गुरुङ्गको वास्तविक प्रेमकथामा बनेको चलचित्र ‘बोबी’ को प्रिमियर नर्वेमा हुने भएको छ। यस चलचित्रमा यी दुई नै मुख्य भूमिकामा रहेका छन्। विदेशी भूमिमा रहेका नेपाली दर्शकको लागी नेपाली चलचित्रको प्रिमियर विदेशी भूमिमा गरिएको हो | हलिउड मिसन इम्पोसिबल, जेम्स बोन्डका प्रिमियर भैसकेको थिएटरमा चलचित्रको प्रिमियर हुनेछ ।‘बोबी’लाई नर्वेमा स्क्यान्याण्डवियाको नोर्डिक्स फिल्म वितरण कम्पनिले देखाउने छ । मिलन चाम्स निर्देशित चलचित्रको मे १० मा प्रिमियर हुनेछ। चलचित्रमा कविता गुरुङ, उमेश थापा, विजय लामा, रुवी राना शाह (मिस नेपाल), रवी गिरी, सुरवीर पण्डित, पुर्णिमा लामा, बादल भट्ट, रश्मि भट्ट, देशभक्त खनाल लगायतका कलाकारको अभिनय छ ।

loading...