MJ Radio
Facebook Twitter Youtube Skype
Flag

"दश लाख" लिदै माग्ने बुढा?

Published Date: 2018-01-10 00:00:00



चलचित्र क्षेत्रका हाँस्य व्याङ्ग्य कलाकार केदार घिमिरे अर्थात् माग्ने बुढाले निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले निर्माण गर्ने नयाँ फिल्ममा महंगो पारिश्रमिक लिएर सम्झौता गरेका छन् । उनले भने दश लाख पारिश्रमिक लिएर अभिनय गर्न तयार भएका हु | माग्ने बुढाले लिएको पारिश्रमिक रकम युवा स्टारहरु अनमोल केसी र प्रदीप खड्का पछिको उच्च रकम हो भने नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको बराबर हो ।दश लाख पारिश्रमिक लिएर फिल्म खेल्ने सम्झौता गरेको उनि आफैले स्विकार गरे । घिमिरेले भने, ‘सुरुमा मलाई उहाँहरुले चार लाख पच्चीस हजारको चेक दिनु भएको छ । बाँकी रकम सुटिङ सकिएपछि पाउँछु ।’ उनले पाउने दश लाख पारिश्रमिकमा डेढ लाख कर तिर्नु पर्ने हुन्छ ।पारिश्रमिक सँगै फिल्मको कथा मन परेर सुदर्शन र पुजासँग काम गर्न आफु तयार भएको केदारले खुलाए । ‘कथा राम्रो लाग्यो । फेरी सुदर्शन जीको फिल्ममा नयाँपन हुन्छ । सबै कुरा मिलेपछि फिल्म खेल्न राजी भएको हुँ ।’ ‘छक्का पञ्जा’ टिमले बर्षको एउटा बाहिरी ब्यानरको फिल्म खेल्न फुक्का गरेपछि ‘माग्ने’ नयाँ फिल्म खेल्न तयार भएका हुन् । सुदर्शन र पुजाले बनाउने नयाँ फिल्मको छायाँकन माघदेखि सुरु हुनेछ । फिल्मको लागि नायक भने पक्का भैसकेको छैन ।

loading...