MJ Radio
Facebook Twitter Youtube Skype
Flag

३ महिने नृत्य तालिम निःशुल्क

Published Date: 2018-01-10 00:00:00



विगत ७ बर्ष यता निरन्तर कला क्षेत्रमा विविध गतिविधी संचालन गर्दै आएको यस बन्दना कला केन्द्रले आफ्नो छैठौँ वर्ष पूरागरी सातौँ वर्ष प्रवेश गरेको अवसरमा सँस्थाको सम्पूर्ण शुभचिन्तक तथा सहयोगी, कलाकेन्द्रको पूर्व विद्यार्थीरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।

आफ्नो स्थापना कालदेखि नेपाली गीत, संगीत र नृत्य क्षेत्रमा निरन्तर काम गर्दै आएको यस केन्द्रले तँपाईहरुको सहयोग र अग्रसरतामा पटक पटक नृत्यका विभिन्न विधामा राष्ट्रिय प्रतियोगिता संचालन गरिसकेको छ । यस्ले निरन्तर संगीत, नृत्य, आमसंचार सम्बन्धी तालिमहरु संचालन समेत गर्दै आएका यहाँहरुको विचमा अवगत छ ।

यस बन्दना कलाकेन्द्रले प्रतिभाको पहिचान गर्न तथा लुकेको प्रतिभाहरुलाई सार्वजनीक गरी उनीहरुको रुचि तथा इच्छाको क्षेत्रमा लाग्न अभिप्रेरित गर्न विभिन्न किसिमका ब्युटि प्रेजेन्टका कार्यक्रमहरु समेत संचालन गर्दै आएको छ । विगतमा मिस एसएलसी (हालको मिस एसइइ), मिस राई, मिस प्लस टु जस्ता कार्यक्रमहरुलाई निरन्तर संचालन गर्दै आएको यस केन्द्रले आफ्नो सातौँ वर्षको अवसर पारेर सम्पुर्ण इच्छुक महानुभावहरुलाई निशुल्क ३ महिने नृत्य प्रशिक्षणको कार्यक्रम राखेको सहर्ष जानकारी गराउँद छौँ ।

इच्छुक महानुभावहरुले बन्दना कला केन्द्रले प्रदान गरेको यस विशेष अवसरको समेत सदुपयोग गर्न हार्दिक आव्हान गर्दै पुनः सातौँ वर्ष सम्म आउँदा प्रत्यक्ष परोक्ष सहयोग गर्नुहुने सम्पुर्ण प्रायोजक, सहप्रायोजक व्यापारिक कम्पनी, सरकारी तथा गैर सरकारी संघ संस्था, एवं शुभचिन्तकहरुमा कृतज्ञता ब्यक्त गर्दछौं ।

निःशुल्क नृत्य अभ्यासमा सहभागी हुन चाहानेहरुले निम्न समय तालिका अनुसार आफ्नो अनुकुल समय रोज्न सक्नु हुने छ ।

समयः बिहान
५ बजे देखि ६ बजे सम्म,
६ बजे देखि ७ बजे सम्म,
७ बजे देखि ८ बजे सम्म,
८ बजे देखि ९ बजे सम्म

समय ः बेलुकी
४ देखि ५ बजे सम्म,
५ बजेदेखि ६ बजे सम्म
६ बजेदेखि ७ बजे सम्म
७ बजेदेखि ८ बजे सम्म

पुनश्च ः बिहानको समयमा ५ बजे देखि ६ बजे सम्म, ६ बजे देखि ७ बजे सम्म, जुम्बा नृत्य सिकाइने छ ।

loading...