MJ Radio
Facebook Twitter Youtube Skype
Flag

यूएईमा भयो "के यो माया हो को सुटिंग" !!!

Published Date: 2018-01-10 00:00:00



२०१७ डिसेम्बर महिनाको १ तारिखमा यूएईको अबु धाबिमा भएको दोश्रो म्युजिक भिडियो अवार्डमा यूएईमा रहेर आफ्नो उत्कृष्ट कला क्षमता प्रस्तुत गर्दै आएका आशिष पुरुष , सारिका सुनार र रोहित विक्रम कार्कीले विभिन्न विधामा अवार्ड हासिल गरेका थिए ।उत्कृष्ट पुरुष मोडल तर्फ अवार्ड जित्ने आशिष पुरुष , उत्कृष्ट महिला मोडलमा अवार्ड जित्ने सारिका सुनार र उत्कृष्ट छायाँकनको अवार्ड जित्ने रोहित विक्रम कार्कीले संयुक्त रुपमा एउटा नयाँ म्युजिक भिडियोको लागि काम गरेका छन् ।
चर्चीत गायक नेपाली तारा २ विजेता सन्तोष लामाको के यो माया हो बोलको गीतको भिडियोमा अवार्ड विजेताहरुले सँगै काम गरेका हुन् ।रोहित बस्नेतको शब्द र सुबिर पन्त को सङ्गीत रहेको गीतको भिडियोलाई यूएई का विभिन्न रमणीय ठाउँहरुमा छायाँकन गरिएकोछ ।धेरै जसो वियोगका गीतका भिडियोहरुमा देखा पर्दै आएका आशिषले यो पल्ट भने रमाइलो रोमान्टिक भावको गीतको भिडियोमा मोडल सारिका सँगै देखा पर्दैछन ।रोहित विक्रम कार्कीले छायाँकन/ निर्देशन गरेको भिडियोको शूटिंग कार्य सम्पन्न भइसकेको छ भने दर्शकहरुले छिट्टै यस भिडियोलाई हेर्न पाउने छन् ।उता उक्त म्युजिक भिडियो अवार्डमा उत्कृष्ट गायक /गायीका को अवार्ड जित्न सफल नन्दु राई र रेखा घिमिरेले को हौ को हौ तिमी भनन बोलको गीत छिट्टै बजारमा लिएर आउदैछन ।

loading...