MJ Radio
Facebook Twitter Youtube Skype
Flag

प्रियंका, आश्मा र सरोजको नयाँ म्युजिक भिडियो सार्वजनिक

Published Date: 2018-01-26 00:00:00



बिहीबार सार्वजनिक भिडियो ‘माछीले खाने खोलीको लेउ’ बोलको नयाँ म्युजिक भिडियोमा नायिका प्रियंका कार्की, कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीको अभिनय रहेको छ । भिडियोमा प्रियंका, आश्मा र सरोजको त्रिकोणात्मक प्रेमलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको छन् भने छायाङ्कन सुदिप बरालले गरेको हुन् | मेलिना राई र सरोज ओलीको आवाजमा रहेको गीतमा बसन्त सापकोटाको सङ्गीत छ ।गीतको भिडियोको लागि कभर डान्स प्रतियोगिता पनि गरिएको छ र मार्च अन्तिमसम्म खुलेको प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने प्रस्तुतकर्ता शुभ मिडिया होमले जानकारी गराएको छ | लामो समय पछि प्रियंका, आश्मा र सरोज एकसाथ एउटै म्युजिक भिडियोमा देखिएका छन् |


loading...