MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायक रामकृष्णको नयां गीतको म्यूजिक भिडियोको छायांकन सकियो

Published Date: 2018-01-29 00:00:00



गायक रामकृष्ण श्रेष्ठको रुपैको म्युजिक भिडियो पोखरामा छायांकन गरिएको छ । गीतकार अम्बिका गुरुङको शब्द सृजना रहेको गीतमा संगीत आशुसेन लामाको रहेको छ । यस गीतमा गायक श्रेष्ठलाई गायिका मिलन अमात्यले साथ दिएकी छिन् ।

लोकप्रिय युवा निर्देशक सोनाम पाख्रीनको निर्देशनमा तयार भएको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् । सुवास राईको नृत्य निर्देशन रहेको भिडियोमा दास गुरुङ, अस्मिता रानामगर र बिनिता तामाङको अभिनय रहेको छ । म्युजिक भिडियो छिट्टै बजारमा आउने गायक श्रैष्ठले जानकारी दिए । श्रेष्ठ एक दशक भन्दा लामो समयदेखी संगीत क्षेत्रमा सक्रिय छन् । उनले तिन वटा सोलो एल्वम बजारमा ल्याइसकेका छन् ।

loading...