MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सरोजको अँगालोमा एलिजा रोमान्स गर्दै ?

Published Date: 2018-01-29 00:00:00



दरबारमार्गको एक क्लबमा छायाङ्कन भइरहेको गीत ’कान्छा दाइ गाना बजाइ देऊ न’ मा एलिजा गौतम र कार्टुञ्ज क्रुजका सरोज अधिकारी भएर एक साथ देखिएका छन् | सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमको निर्माण र अभिनय रहेको चलचित्र अनुरागको गीतको छायाङ्कन भइरहेको छ । दुईवटा गीतको छायाङ्कन बाँकी भएको र चलचित्रको सम्पूर्ण छायाङ्कन सकिएको छ ।ताराप्रकाश लिम्बुको सङ्गीतमा ताराप्रकाश र ममता गुरुङको स्वरमा रहेको क्ष यस गीतमा भने कोरियोग्राफी विक्रम स्वारले गरेका छन् | एलिजाको अपोजिट समुन्द्र पण्डित रहेको चलचित्र ‘अनुराग’ को निर्देशन सत्यराज चौलागाईँ गरेको हो | एरिका फिल्म्सको ब्यानरले निर्माण गरेको चलचित्रमा साङ्गीतिक प्रेममा तयार गरिएको छ | चलचित्रमा किरण दाहालको कथा, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको सङ्गीत रहेको चलचित्रमा रामकुमार के.सीको छायाङ्कन छ ।

loading...