MJ Radio
Facebook Twitter Youtube Skype
Flag

कान्छा निर्देशकको दोस्रो फिल्मको प्रदशनी मिति सार्वजनिक

Published Date: 2018-01-30 00:00:00



सौगात विष्ट अर्थात् विश्कै कान्छा निर्देशक रुपमा चिनिएका उनको निर्देशनमा तयार भएको दोस्रो फिल्म ’हैरान’ ०७५ को जेष्ठ ४ मा रिलिज हुने भएको छ ।राजधानीका लागि माधव वाग्ले र मोफसलका लागि मनोज राठीसँग फिल्म वितरणको सम्झौता भएको कार्यकारी निर्माता सम्झना पोखरेलले बताइन् ।

फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट , द्वन्द चन्द्र पन्त , संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेको छ । फिल्ममा नवराज उप्रेती र निरज कडेलको छायाँकन , अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।

फिल्ममा सत्य राज आचार्य , गजित विष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ , पुष्कर रेग्मी, एन्जल राई, सागर लम्साल, आरोही शर्मा लगायतको अभिनय रहेको छ । डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले , सृष्टि घिमिरे, डाक्टर वाई.एल. लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।

loading...