MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘लम्फू’ को चार गीत अडियोमा सार्वजनिक

Published Date: 2018-01-31 05:55:20



फिल्म ‘लम्फू’ को अडियो गीतहरु सार्वजनिक भएका छन् ।बैशाख २८ मा रिलीज हुन लागेको यस फिल्मको चार वटा गीतको अडियो सार्वजनिक गरिएको छ | सार्वजनिक गीतहरुमा संगीतकार अर्जुन पोखरेको संगीत रहेको छ | गीतमा प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, शुरेस लामा र अप्सरा घिमिरेको स्वर रहेको छ ।‘सँगै जिउने सँगै मर्ने’



‘सँगै जिउने सँगै मर्ने’, ’तिम्लाई भुलेर’, ’दोधार दोधारमा’ र ’सुको छैन यार’ बोलका गीत ’लम्फू’ मा समावेश छन् । फिल्मका गीतले माया प्रेममा रोमाञ्स, वियोग तथा युवा पुस्ताको भाव बोल्छ । सँगै जिउने सँगै मर्ने’ बोलको गीतमा अप्सरा घिमिरे र सुरेष लामाको स्वर रहेको छ भने दिग्गज धौलारीले शब्द लेखेका छन् । ’तिम्लाई भुलेर



’तिम्लाई भुलेर’ बोलको गीतमा प्रमोद खरेलको स्वर तथा युवराज सापकोटाका शब्द छन् । ’सुको छैन यार’ बोलको गीतमा शिव परियारको स्वर तथा प्रमोद ढ’ंगानाका शब्द छन् । त्यस्तै, ’दोधार दोधारमा’ बोलको गीतमा द’र्गा खरेलले स्वर दिएकी छन् भने सञ्चारकर्मी समेत रहेका नरेश भट्टराईले शब्द लेखेका छन् । ’दोधार दोधारमा’ 




गोपालचन्द्र लामिछाने निर्देशित फिल्म ‘लम्फू मार्फत कबिर खड्काले डेव्यु गरेका छन् । कबिर सहित यो फिल्ममा सलोन बस्नेत, मरिष्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, तरकारीवालीको नामले चर्चामा आएकी कुशुम श्रेष्ठ लगायतको अभिनय रहेको छ । ’सुको छैन यार’



पपुलर मल्टिमिडियाको लागि शक्तिबल्लब घोरासैनीले बनाएको फिल्ममा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’ मा सम्पादन हरि सिलवालको रहेको छ ।

loading...