MJ Radio
Facebook Twitter Youtube Skype
Flag

उत्कृष्ट फिल्ममा पर्न सफल ‘छक्का पञ्जा’

Published Date: 2018-01-31 00:00:00



मङ्गलवार काठमाडौँको आर्मी अफिसर क्लबमा आयोजना भएको कामना चलचित्र अवार्डमा दर्जन बढी कलाकार, विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । यस पटकको कामना अवार्डमा चलचित्र ‘छक्का पञ्जा’ले उत्कृष्ट चलचित्रको अवार्ड हात पाएको छ भने ‘गाजलु’बाट हेमराज बिसीले उत्कृष्ट निर्देशकको अवार्ड उचालेकाछन् । त्यस्तै दिपाश्री निरौलाले चलचित्र ‘छक्का पञ्जा’बाट नव–निर्देशकको अवार्ड पाएकी छिन् । चलचित्र ‘जात्रा’बाट उत्कृष्ट अभिनेताको रूपमा विपिन कार्कीले अवार्ड पाएका छन् भने अभिनेत्रीमा डाइगं क्यान्डलबाट सृजना सुब्बाले अवार्ड हात पारिन् । यता नव–नायकमा आर्यन अधिकारीले ‘के म तिम्रो होइन र’बाट अवार्ड उचाले भने नायिकाबाट सृष्टि श्रेष्ठले चलचित्र ‘गाजलु’बाट पाइन् । त्यस्तै लक्स पपुलर च्वाइस अवार्ड अभिनेत्री केकी अधिकारीेले पाएकी छिन् ।

हेर्नुुस् कामना चलचित्र अवार्ड विजेताहरूको सूची :-

चलचित्रः छक्का पञ्जा
निर्देशक हेमराज बिसी ‘गाजलु’
अभिनेताः विपिन कार्की ‘जात्रा’
अभिनेत्रीः श्रृजना सुब्बा ‘डाइङ क्याण्डल’
सह–अभिनेताः जितु नेपाल, छक्का पञ्जा
सह– अभिनेत्रीः गौरी मल्ल, होमवर्क
खलपात्रः दीपकराज गिरी, छक्का पञ्जा
हास्य कलाकारः केदार घिमिरे, छक्का पञ्जा
नव निर्देशक दीपाश्री निरौला, छक्का पञ्जा
नव अभिनेताः आर्यन अधिकारी, के म तिम्रो होइन र
नव अभिनेत्रीः श्रृष्टि श्रेष्ठ, गाजलु
बाल कलाकारः लाक्पा सिघे तामाङः डाइङ क्याण्डल
कथाः हेमराज बिसी, गाजलु
पटकथाः प्रदिप भट्टराई, जात्रा
संवादः दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे ‘छक्का पञ्जा’
छायाँकारः रविन आचार्य, डाइङ क्याण्डल
द्वन्द्व निर्देशक हिमाल केसी, के म तिम्रो होइन र
सम्पादनः सुरेन्द्र पौडेल, गाजलु
शृङ्गारः सरोज बुढाथोकी, डाइङ क्याण्डल
ध्वनि मिश्रणः उत्तम न्यौपाने, गाजलु
पार्श्व संगीतः एलिश कार्की, के म तिम्रो होइन र
नृत्य निर्देशनः कविराज गहतराज, छक्का पञ्जा
पार्श्व गायकः कृष्ण काफ्ले, छक्का पञ्जा (सुन न चम्पा)
पार्श्व गायिकाः अञ्जु पन्त, किस्मत २ (यी आँखा लैजाऊ)
संगीतकारः कालीप्रसाद बाँस्कोटाः लुट २ (ठमेल बजार)
गीतकारः डा. कृष्णहरी बराल, शब्द (हरपल)

लक्स पपुलर च्वाइस अवार्डः केकी अधिकारी


loading...