MJ Radio
Facebook Twitter Youtube Skype
Flag

हिमाल श्रेष्ठको नयाँ गीत ‘लाएको माया…’सार्वजनिक

Published Date: 2018-02-04 00:00:00



सत्य घटनामा आधारित भनिएको गायक हिमाल श्रेष्ठको नयाँ गीत ‘लाएको माया…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । एक्सेल इन्टरटेन्मेन्ट यूकेद्वारा प्रस्तुत गरिएको यस भिडियोलाई निर्देशक प्रसन्न पौडेलले निर्देशन गरेका छन् | ‘हे साईँली…’ उपशीर्षक राखिएको यस गीतमा नवक्रान्ति ब्याण्डका मनिष गोदारको शब्द तथा संगीत रहेको छ |विदुर पाण्डेद्वारा छायांकन गरिएको भिडियोमा वैदेशिक रोजगारीले निम्त्याउने पारिवारिक विचलनलाई चित्रण गरिएको छ ।भिडियोमा सहिन प्रजापति, अनुष्का अधिकारी तथा प्रतिक मुडवरीले अभिनय गरेका छन् । महादीप श्रेष्ठ तथा प्रतीक श्रेष्ठ निर्माता रहेको उक्त भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।


loading...