MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सलोन र साराको रोमान्स फागुनबाट ‘सुश्री सम्पत्ति’ सुरु

Published Date: 2018-02-05 00:00:00



नायक सलोन बस्नेत र नायिका सारा श्रीपालि रोमान्स गर्दै मुख्य भूमिका रहने चलचित्र ‘सुश्री सम्पत्ति’को औपचारिक निर्माण घोषणा गरिएको छ ।आइतबार एक कार्यक्रमका बीच निर्माण टीमको उपस्थितिमा निर्माण घोषणा गरिएको हो । प्रियंका कार्कीको विशेष भूमिका रहने चलचित्रमा सञ्चारकर्मी सुब्रत आचार्यले निर्देशन गर्ने भएका छन् | चलचित्रको अधिकांश छायाङ्कन पोखरामा हुने र ‘नाम अनुसार नै चलचित्रको कथा तयार भएको बताएको छन् | चलचित्रमा सलोन र साराको साथमा विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, जयनन्द लामा, विशारत बस्नेत, सुनिता श्रेष्ठ ठाकुर, प्रेमबर्षा खड्का, रोशनी केसी, रञ्जित कोइराला, विनोद पौडेल र सन्तोष खनाल लगायतका कलाकारको अभिनय रहने छ । सुरेश अधिकारीको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी रहने चलचित्र अर्जुन तिवारी एण्ड टिमले खिच्नेछ ।अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहने चलचित्रको स्क्रिन प्ले अभिमन्यूकै रहेको छ ।रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुब्रत आफैंले लेखेका हुन् । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।

loading...