MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चैत २ गतेबाट प्रदर्शनमा आउने ‘पञ्चायत’को ट्रेलर सार्वजनिक

Published Date: 2018-02-05 00:00:00



२०३३ सालको पञ्चायत व्यवस्था चित्रण गरिएर आइतबार राजधानीमा आयोजना भएको विशेष कार्यक्रम बिच चलचित्र ‘पञ्चायत’को ट्रेलर सार्वजनिक गरिएको छ । ‘पञ्चायत’ मा सरोज खनाल, नायिका निता ढुंगाना, अभिनेत्री रुपा राना, कलाकारहरू गणेश गिरी, जान्वी बस्नेत, विशाल पहारी, गीत अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको कथा, पटकथा, संवाद तथा निर्देशन शिवम अधिकारीको रहेको छ भने सङ्गीत टंक बुढाथोकीको र रामेश्वर कार्कीको छायाङ्कन रहेको छ । चलचित्रका निर्माता भने सुशान्त कुमार श्रेष्ठ र शङ्कर प्रसाद सुवेदी हुन् | अन्तर्राष्ट्रिय चलचित्र मोहत्सबमा विभिन्न पुरस्कार जितेको यो चलचित्र चैत २ गतेबाट प्रदर्शनमा आउन भएको छ ।


loading...