MJ Radio
Facebook Twitter Youtube Skype
Flag

कान्छी म्युजिकल नाइट २०१८ तथा रेड कार्पेट आयोजना हुदै ?

Published Date: 2018-02-05 00:00:00



स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठकै सिन्धुपाल्चोक जिल्लाको भ्याडीटोलमा निर्माणाधीन माझी बस्ती निर्माणमा सहयोग जुटाउन स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापित श्वेत श्री फाउण्डेशनले माघ २३ गते कान्छी म्युजिकल नाइट २०१८ तथा रेड कार्पेट को आयोजना गर्ने भएको छ ।दरबारमार्गस्थित होटेल अन्नपूर्णमा आयोजना हुने उक्त साँझमा कान्छी टिम सहित नेपाली फिल्म र साङ्गीतिक क्षेत्रका क्तिहरूको सहभागिता रहने श्वेता खड्काले बताइन् ।कार्यक्रममा कान्छी अर्थात् श्वेता खड्का , अभिनेता दयाहाङ राई, सहित चर्चित गायिका अञ्जु पन्त, सङ्गीतकार तथा गायक राजनराज सिवाकोटी, हास्य कवि शैलेन्द्र सिम्खडा, गायक युवराज चौंलागाईं, कमेडियन सन्दिप क्षेत्री, गायिका माण्डवी त्रिपाठी, सङ्गीतकार तथा गायक अर्जुन पोखरेल, गायक धर्मेन्द्र सेवन, हास्य व्यांग्य कलाकार जितु नेपाल, निर्देशक आकाश अधिकारी, वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ, नायिका अशिष्मा नकर्मी, मरिस्का पोखरेल, जेविका कार्की तथा नायक विनोद न्यौपानेले विशेष प्रस्तुत दिनेछन् । कार्यक्रम लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराई पूर्व मिस नेपाल सुगरिका केसीले सञ्चालन गर्नेछन् । माझी बस्ती निर्माणमा सहयोग जुटाउन कान्छी म्युजिकल नाइट २०१८ तथा रेड कार्पेट को आयोजना गरिएको श्वेताले बताइन् ।

loading...