MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘छक्का पञ्जा’को रेकर्डलाई ‘कृ’ले तोड्ने अनुमान?

Published Date: 2018-02-06 00:00:00



नेपाली चलचित्र क्षेत्रको इतिहासमा हेर्दा चलचित्र ‘छक्का पञ्जा’ सर्वाधिक कमाउने चलचित्र रहेको छ | ‘छक्का पञ्जा २’ले पनि यसको रेकर्ड तोड्न सकेन । नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’को खासै प्रमोसन गरिएको छैन ।शुक्रवारबाट रिलिज हुन लागेको चलचित्र ‘कृ को दोस्रो रोमान्टिक गीत सोमबार एक कार्यक्रम बिच सार्वजनिक गरियो ।अनमोलको कारणले दर्शकहरु हलसम्म आउने निर्माण पक्षले विश्वास गरेको छ | ‘कृ’को दोस्रो गीत स्कटल्याण्डमा छायाङ्कन गरिएको छ जसमा अनमोल र नायिका अदिति बुढाथोकीको अभिनय रहेको छ ।अनमोलको बढ्दो दर्शक क्रेजले ‘छक्का पञ्जा’को रेकर्ड ‘कृ’ले तोड्ने अनुमान लगाउन सकिन्छ | सोमबार अनमोललाई ‘छक्का पञ्जा’को रेकर्ड तोड्न कति को दबाब छ ? भनेर सोधिएको थियो । उनले भने ‘मलाई नेपाली चलचित्रसँग प्रतिस्प्रधा गर्नु छैन । म यही क्षेत्रमा जन्मिए र हुर्किए । म भन्दा अगाडी उहाँहरू (छक्का–पञ्जा) टिम आउनु भएको हो । मेरो भन्दा धेरै उहाँहरूको फ्यान हुनुहुन्छ । म सम्मान गर्छु सधैँ, त्यसैले दबाबको महसुस गर्दिन । ’

loading...