MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘कृ’को दोस्रो रोमान्टिक गीत सार्वजनिक

Published Date: 2018-02-06 00:00:00



सोमाबार एक कार्यक्रममा चलचित्र ‘कृ’को दोस्रो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृ’को ‘मैले जानी नजानी’ बोलको गीत सार्वजनिक भएको हो । रोदित भण्डारीको शब्द,स्वर रहेको गीतमा सङ्गीत रोदित र विशेष पाण्डेको छ | स्कटल्याण्डमा छायाङ्कन गरिएको गीतलाई विक्रम लामा र एन्जिलिना खत्रीले कोरियोग्राफ गरेका हुन् , भिडियामा अनमोल र अदितीको अभिनय रहेको छ | सोमबार युट्युबमा अपलोड गरिएको गीतले १ दिनमै ५ लाख भ्युज पाएको १८ हजार बढीले लाइक गरेका र २ हजार डिसलाइक रहेको छ । चलचित्र माघ २६बाट अल नेपाल रिलिज हुँदै छ । सुवास गिरी र भुवन केसीले यो चलचित्रको निर्माण गरेका हुन् । चलचित्रको निर्देशन सुरेन्द्र पौडेलले गरेका हुन् । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता श्री पराजुली हुन् । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको प्रस्तुतकर्ता ब्यानर द सुपर काजोल फिल्मस् हो ।


loading...