MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सामाजिक चेतनामा निर्माण चलचित्र ‘हुन्नरी’ सार्वजनिक

Published Date: 2018-02-09 00:00:00



सामाजिक सुरक्षा भत्ताबारे चेतना जगाउन हास्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौला प्रेमीप्रमीकाको रुपमा अभिनित सामाजिक चलचित्र ‘हुन्नरी’ सार्वजनिक भएको छ । सोझो गाउँले केटा जो शारीरिक रूपले अशक्तको भूमिकामा दीपक र विधवा महिलाको भूमिकामा दीपाले अभिनय गरेका छन् । सामाजिक सुरक्षा भत्तालाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने सन्देश चलचित्रले दिएको छ । लेखनमा अभिमन्यु निरवी रहेका छन् भने गोकुल अधिकारीले खिचेका हुन् र सम्पादन अमन मानन्धरको रहेको छ ।चलचित्रमा दीपक दीपासँगै देशभक्त खनाल, लक्ष्मण विक्रम बस्नेत, लक्ष्मी गिरी, निरु खड्का, दीपक आचार्य, कमला रेग्मी, गीता थापा, अप्सरा अधिकारी लगायतको अभिनय छ ।दीपक आचार्यको निर्देशनमा बनेको चलचित्रलाई केन्द्रीय पञ्जिकरण विभागका लागि सेभ द चिल्ड्रेनको सहयोगमा शुभ मिडिया होमले निर्माण गरेको छ ।


loading...