MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सुरेन श्रेष्ठको पहिलो गीत न ढल्छ दिन सार्वजनिक

Published Date: 2018-02-12 00:00:00



अष्ट्रेलियामा सुरेन्स फोटोग्राफी भनेर चिनिने सुरेन श्रेष्ठ जो अष्ट्रेलियामा पारिवारिक कार्यक्रम देखि हरेक कार्यक्रममा फोटोग्राफी गर्दै आईरहेका छ्न | गीतकार नेत्र कोइरालाको शब्द ,गायज स्वरुप राज आचार्यको संगीत रहेको यस गीतमा अष्ट्रेलियाको सिड्नी मै बस्ने गायक राजकुमार पौडेलले आफ्नो एकल आवाज भरेका छ्न भने यस गीतको भिडियोमा क्यामेरामेन टेक बयल्कोतको छायांकन अनि चर्चित सम्पादक निशान घिमिरेको सम्पादनमा जिना निरौलाको कोरियोग्राफी र सुरेन श्रेष्ठको निर्देशन रहेको छ । 


केही समय यता क्यामेरमेन सुरेन म्युजिक भिडियोमा समेत मोडलिङ्ग तथा म्युजिक भिडियो गीतलाई निर्देशन पनि गर्दै आईरहेका छन ।यसै क्रममा सुरेन फोटोग्राफी टिमले “न ढल्छ दिन” भन्ने बोलको निकै मिठो गीत बजारमा ल्याएको छ।

गीतमा गायक बनेर पहिलो पटक दर्शक श्रोतामाझ आएका राजकुमारको यो पहिलो गीतको म्युजिक भिडियो मात्र नभएर उनको साथ श्रीमती मनिला कोइरालाको पनि पहिलो अभिनित गीत हो । उनले यस गीतलाई आफ्नो र श्रीमति मनिलाको छैटौ बैबाहिक वार्षिक उत्सवमा रिलिज गरिएको छ ।


loading...