MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘कृ’को दुई दिनको कमाई कति ?

Published Date: 2018-02-12 00:00:00



लामो समय पछि नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ प्रदर्शनमा आएको छ । ओपनिङ सुखद रहेको र शनिवार पनि अधिकांश हलहरू हाउसफुल रहेको थियो । समिक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको ‘कृ’ले दुई दिनमा करिब २ करोड बढीको कमाई गरेको छ । प्राप्त रिपोर्ट अनुसार चलचित्रले पहिलो दि देशभरबाट ९७ लाख ३ सय ७५ रुपैयाँ कलेक्सन गरिएको बताइएको छ ।

त्यस्तै शनिवारको दिन १ करोड ६८ लाख ५३ हजार २ सय ३३ रुपैयाँको ग्रस कलेक्सन गरेको छ । पहिलो दिन कृले उपत्यकामा ६१ लाख १३ हजार ५ सय ६३ र मोफसलबाट ३५ लाख ८६ हजार ७ सय ९४ रुपैयाँको कमाई गरेको थियो भने दोस्रो दिन राजधानीबाट १ करोड ४ लाख ९६ हजार २ सय ९७ रुपैयाँ ग्रस हुँदा मोफसलबाट ६३ लाख ५६ हजार ९ सय ३६ रुपैयाँ बक्स अफिस कलेक्सन गरेको छ ।

यसरी हेर्ने हो भने दुई दिनमा चलचित्रले २ करोड ६५ लाख ५३ हजार ६ सय ८ ग्रस कलेक्सन गरेको छ । कृलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । यस चलचित्रमा अनमोल केसी अदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको अभिनय रहेको छ ।

loading...