MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘रानीमहल’को नायक र नायिकाले चलचित्र छाडे ?

Published Date: 2018-02-12 00:00:00



चलचित्र ‘रानीमहल’को औपचारिक निर्माण घोषणा गरिए पनि अझै फ्लोरमा जाने सुरसार नभएको कारण कलाकार प्रशान्त ताम्राकारले चलचित्रबाट हात झिकेका छन् | चलचित्रमा नव–नायक आशिष् कोइरालाको साथमा नायिका वर्षा सिवाकोटीले रोमान्स गर्ने र कलाकार प्रशान्त ताम्राकारको पनि मुख्य भूमिका रहने निर्माण पक्षले जानकारी दिएका थिए | असारको सुरुवातबाट छायाङ्कनमा जाने भनिए पनि अझै केही सुरसार न भएकोले गर्दा चलचित्रको नायिका वर्षा सिवाकोटीले पनि चलचित्र छोडेको बताइन् । जतिबेला पनि मिति सारेर हुन्छ ?’ उनी थप्छिन् ‘कहिले नायक परिवर्तन, कहिले डिजाइनर कहिले के भइरहन्छ, फेरी निर्देशक आफै अलमल्लमा हुनुहुन्छ । आफ्नो करियरलाई पनि मैले ध्यान दिनु जरुरी ठाने।’ यसअघि नायक प्रदीप खड्का तय भएता पनि उनले चलचित्र छोडेका थिए । डिजाइनर सुष्मा थापाले पनि धेरै दुख पाएको बताउछिन् |कुरा परिवर्तन भइरहने र पारिश्रमिकको विषयमा पनि कुरा मिलेन’ सुष्मा बताउँछिन् ।

loading...