MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘लम्फू’को तीन पोस्टर सार्वजनिक

Published Date: 2018-02-16 00:00:00



कलाकारहरू कबिर खड्का, सलोन बस्नेत, सञ्जित भण्डारी, मरिस्का पोखरेल र चाँदनी शर्मा फिचर रहेको चलचित्र ’लम्फू’को तीन पोस्टरहरु फरक–फरक प्रकृतिका पोस्टरहरु सार्वजनिक भएका छन् । वैशाख २८ मा प्रदर्शनको तयारीमा रहेको चलचित्रमा तरकारीवालीको नामले संसारभर भाईरल बनेकी कुसुम श्रेष्ठ पनि रहेकी छिन् |’लम्फू’का पोस्टरहरु टौवा क्रियशनले तयार पारेको हो ।‘लम्फू’लाई पपुलर मल्टिमिडियाको लागि शक्तिबल्दब घोरासैनीले बनाएका हुन् ।
निर्देशन गोपालचन्द्र लामिछानेको रहेको चलचित्रलाई भूपतिको लेखन रहेको छ ।छायाङ्कन दीपक बज्राचार्यको रहेको छ भने हरि सिलवालको सम्पादन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र शिव विकको कोरियोग्राफी रहेको छ ।बालकलाकारमा कुशाग्र भट्टराईको अभिनय रहेको छ ।
अर्जुन पोखरेलको सङ्गीत रहेका चार गीत अडियो भर्सनमा सार्वजनिक भैसकेको र गीतले सकारात्मक प्रतिक्रिया पाएको पोखरेलले बताए |’सँगै जिउने सँगै मर्ने’ बोलको गीतको भिडियो सार्वजनिक चाडै निर्माण पक्षले बताएको छ |

loading...