MJ Radio
Facebook Twitter Youtube Skype
Flag

श्वेताको आँसु रोकिएन ?

Published Date: 2018-02-18 00:00:00



अभिनेत्री श्वेता खड्का निर्माण र अभिनय रहेको चलचित्र ‘कान्छी’ शुक्रवार बाट सिनेमा हलहरुमा प्रदर्शन भयो सोही दिन बिहान विग मुभिज कमलपोखरीमा प्रेस सो आयोजना गरि चलचित्रका कलाकार, संचारकर्मी र साथमा स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठको परिवार उपस्थित थिए | मिडिया सामु कुराकानी गर्दा अभिनेत्री खड्का स्व. अभिनेता श्रीकृष्णलाई सम्झेर रोएकी थिइन् ।सबैको साथ र माया पाएको कारण श्वेता रोइन माहौल भाव बिभोर बन्यो |

आकाश अधिकारीको निर्देशनमा तयार भएको चलचित्रमा श्वेताको साथमा अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको छ । विशुद्ध प्रेमकथामा बनेको चलचित्र ‘कान्छी’बाट आफूले सोचेको जस्तो प्रतिक्रिया पाएको खुसी भएको निर्देशक अधिकारीले बताए । चलचित्रमा दया र श्वेताको अलावा निर शाह, कामेश्वर चौरासिया, प्रज्ज्वल सुजल गिरि, भूमिका श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ। शुक्रवार बिहानी सोमा अन्तर्गत मल्टिप्लेक्समा चलचित्रको राम्रो अकुपेन्सी रहेको छ।

loading...