MJ Radio
Facebook Twitter Youtube Skype
Flag

ह्याङबाट मुक्त हुन दिदी काजलसँग चितवन पुगे अनमोल

Published Date: 2018-02-20 00:00:00



चलचित्र ‘कृ’ ले सोचेको जस्तो कमाई र प्रतिक्रिया पाउन नसके पछि चलचित्र ‘कृ’ का नायक अनमोल केसी तनावमा रहेको उनका निकटले जानकारी दिएका छन् | २ वर्षको मेहनत पश्चात् रिलिज ‘कृ’ ले धमाका मच्चाउने अनुमान गरिएको थियो |सोचेको जस्तो नभए पनि ‘कृ’ ले आफ्नो लगानी सुरक्षित गरेको छ ।‘कृ’ को ह्याङबाट मुक्त हुन यति बेला अनमोल अभिनेता भुवन केसीको जेठी श्रीमती विजयाा केसीकी छोरी काजल अर्थात् आफ्नो दिदी संग चितवन पुगेका छन् |अनमोल र काजलसँगै हात्ती सफारी गरेको काजलले फेसबुक मार्फत तस्बिर सेयर गरेकी छिन् । चलचित्र ‘क्याप्टेन’को तयारीमा रहेका अनमोल केही दिन अझै चितवनमा रहने बताइएको छ ।

loading...