MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘साढे सात’ मलाय भाषाको सबटाइटलमा प्रदर्शन हुने

Published Date: 2018-02-22 00:00:00



मलेसियाको मलाय भाषाको सबटाइटल सहित चलचित्र ‘साढे सात’ मलेसियामा पनि प्रदर्शन हुने भएको छ । फागुन ११ गते नेपालमा प्रदर्शन हुन लागेको चलचित्र ‘साढे सात’ सोमबार काठमाडौँमा एक विशेष भेटघाटमा चलचित्रको बारेमा निर्माण पक्षले बताएको छ । निर्माण पक्षका अनुसार मलेसियामा ७०० सिनेमा हलहरू छन् । साढै सातको ट्रेलर हेरिसके पश्चात् मलेसियाका वितरकले मलेसिया राइटस् किनेको र ७०० हलमा चलचित्र रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ । कार्यक्रममा बोल्दै निमार्ता नरेशदेव पन्त भन्छन् ‘मलाय सबटाइटलमा मलेसियामा रिलिज हुनु भनेको नेपाली चलचित्रको लागी फाइदाको कुरा हो । ’

चलचित्रमा गायक तथा नायक सत्यराज आचार्य मुख्य भूमिकामा रहेको चलचित्र साढे सातमा नाकाबन्दीको समयमा नेपालीहरूले भोगेको एक फोटो पत्रकारले देखेको, भोगेको समाजलाई प्रस्तुत गरिएको छ |सुनिल थापाको प्रस्तुति, सत्यस्वरुप इन्टरटेन्टमेन्ट, माउरी इन्टरटेन्टमेन्ट, ब्याल्क पेपर स्टुडियो, एबिसी एण्ड एआरसी ग्राण्डसन फिल्मस्को ब्यानरमा बनेको ‘साढे ७’मा सत्यराजको साथै मेनका प्रधान, सुनिल थापा, कामेश्वर चौरासिया, सुप्रिया कटुवालको मुख्य भूमिका रहेको छ । चलचित्रमा सत्यराज आचार्य, स्वरुपराज आचार्य, सुनिल थापा, नरेश देव पन्त, डिजे सन्तोष र साम्तेम भुटियाको संयुत्त लगानी रहेको छ ।

चलचित्रलाई साम्तेम भुटियाले निर्देशन गरेका हुन् । आफूले सोचेको भन्दा पत्रकारको जीवन निकै कठिन रहेको र पत्रकारको जीवनमा धेरै चुनौती र कठिन हुन्छ आफू पत्रकार बन्न पाउँदा नजिकबाट बुझ्न पाए।’ सत्यराज आचार्य बताउँछन् ।

loading...