MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘ह्याप्पी डेज’को नयाँ प्रदर्शन मिति घोषणा

Published Date: 2018-02-26 00:00:00



चैत १६ मा प्रदर्शन गर्ने भनिएको चलचित्र ‘ह्याप्पी डेज’ दुई साता अघि चैत्र २ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । निर्देशक मिलन चाम्स निर्देशित ब्लाइड रक्स फागुनमा , ह्याप्पी डेज र लिलीबिलीतिन चलचित्र यस वर्ष रिलिज हुँदै छ ।‘चेप्टे चेप्टे पेरुंगो’मा बोलको गीतमा निर्माण पक्षले कभर भिडियो प्रतियोगिता घोषणा गरेको छ ।

कभर भिडियो तयार भएपछि जुन सुकै युट्युब च्यानलबाट अपलोड गरी ‘हयाप्पी डेज’ अफिसियल फेसबुक पेजमा लिङ्क सेन्ड गर्नु पर्नेछ ।युट्युबमा सर्वा्धिक भ्युज पाउने भिडियोलाई निर्माण पक्षले विजय घोषणा गरी १ लाख नगद पुरस्कार प्रदान गर्नेछ ।कभर भिडियो प्रतियोगिताको अन्तिम समय फागुन मसान्तसम्म छ ।चिलचित्रलाई बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनालले संयुक्त रूपमा निर्माण गरेका हुन् ।दयाहाङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकलको अभिनय रहेको छ |

 

loading...