MJ Radio
Facebook Twitter Youtube Skype
Flag

कहाँ हुदै छ ? ‘सुश्री सम्पत्ति’को छायाङ्कन

Published Date: 2018-02-28 00:00:00



पोखराको विन्ध्यवासिनी मन्दिरमा मगंलबार बिहान कार्यक्रम आयोजना गर्दै चलचित्र ‘सुश्री सम्पत्ति’को शुभमुर्हत गरियो । सञ्चारकर्मी सुब्रत आचार्यको निर्देशनमा रहेको चलचित्र ‘सुश्री सम्पत्ति’को पोखराबाट छायाङ्कन सुरु भएको छ ।चलचित्रमा सलोन बस्नेत, ,सारा सिर्पाली , विनोद न्यौपाने,प्रमोद अग्रहरि ,राजाराम पौडेल , जयानन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ ।कमेडीको साथै लभस्टोरी रहेको चलचित्रमा विशेष भूमिकामा प्रियंका कार्की देखिने छिन् ।

चलचित्रको सम्पूर्ण छायाङ्कन पोखरामा हुने निर्माण पक्षले बताएको छ | चलचिमा सुरेश अधिकारीको सङ्गीत, अर्जुन तिवारीको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी रहने छ । चलचित्रका कथा निर्देशन आचार्य स्वयम्ले लेखेका हुन् ।राहुल इन्टरटेन्मेन्टको ब्यानरबाट निर्माण हुन लागेको चलचित्रलाई मेश त्वयना विज्ञान राई ,नुनम सुब्बा र रोमन शीलाकरले लगानी गरेका छन् ।

loading...