MJ Radio
Facebook Twitter Youtube Skype
Flag

टुँडिखेलमा हुने ‘दबंग द टूर’ स्थगित ?

Published Date: 2018-02-28 00:00:00



बलिउड अभिनेता सलमान खान नेपाल आउने खबर सञ्चारमाध्यमका आइरहेको छ |फागुन २६ गते टुँडिखेलमा हुने कार्यक्रमको लागी सलमानको साथमाबलिउड नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’, मनिष पोल मार्च ९ मा नेपाल आइपुग्ने छन् । तर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट रहेको अखिल नेपाल जनसाँस्कृतिक महासङ्घले सलमानको कार्यक्रम स्थगित गर्न माग गरेको छ । महासङ्घले अनावश्यक मदिराको प्रचारप्रसार गरेको र दसौँ हजार टिकट बेचिएको भन्दै कार्यक्रम नगर्न माग गरेको हो । यदि आफुहरुको कुरा बेवास्ता गरेका कार्यक्रम बिथोल्ने आन्दोलन गर्न चेतावनी दिएका छन् । ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको कार्यक्रममा नेपाली कलाकारहरूले पनि प्रस्तुति दिदैँछन् ।


loading...