MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सलमान खानको ‘दबंग द टूर नेपाल’ वैशाखमा

Published Date: 2018-03-04 00:00:00



फागुन २६ गते आयोजना हुने भनिएको बलिउड अभिनेता सलमान खानको ‘दबंग द टूर नेपाल’ अब वैशाखको पहिलो साता हुने जानकारी आएको छ | आयोजक ओडिसी इन्टरटेनमेन्टले अफिसियल फेसबुकमा स्टाटस लेख्दै कार्यक्रम वैशाखमा हुने जनाएको छ ।
यस्तो छ स्टाटस :-
"आदरणीय शुभेच्छुक तथा दर्शकवृद,
यसै फागुनको २६ गते टुँडिखेलमा आयोजना गर्न लागिएको “दबगं द टूर नेपाल“, ’विशेष कारण’ ले आगामी वैशाख पहिलो साताकालागि सारिएको व्यहोरा जानकारी गराउदछौं ।
यो परिस्थती आउनुको कारणबारे सबैलाई जानकारी भइसकेको छ । करिब १५ करोड लागतको यो कार्यक्रममा करिब १० करोड हाराहारी लगानी भइसकेको छ । वैशाखमा हुने कार्यक्रमको दिन तय भएपछि हामी संचारमाध्यम, सोसलमिडियामार्फत पनि जानकारी गराउने नै छौँ । टिकट लिइसक्नु भएका दर्शकले त्यही टिकटबाट कार्यक्रम हेर्न सक्नु हुने छ । टिकट बिक्री जारी नै रहेको छ ।यो विशेष परिस्थितिबारे बुझिदिनु भएकोमा ओडीसी परिवार आभारी छ ।"
फागुन २६ गतेको कार्यक्रमको लागी सलमान सहित बलिउडका चर्चित कलाकारहरू २५ गते नेपाल आउने बताइएको थियो ।

loading...