MJ Radio
Facebook Twitter Youtube Skype
Flag

फिल्म " लिलीबिलि " को ट्रेलर सार्वजनिक

Published Date: 2018-03-07 00:00:00



स्कटल्याण्ड, लन्डन, टर्की, इस्तानबुल र नेपालमा छायांकन गरिएको र यहि चैत्र ३० गतेबाट प्रदर्शनमा आउने फिल्म " लिलीबिलि "को ट्रेलर सार्वजनिक गरिएको छ । २ गीत र नायक प्रदीप खड्काले नै फिल्म अहिले प्रतिक्षित बनेको छ र फिल्म निकै उत्कृष्ट निर्माण भएको ट्रेलर हेरी बुझ्न सकिन्छ । फिल्मको कथालाई सस्पेन्स राखेर ट्रेलर सार्वजनिक गरिएको छ | फिल्ममा यात्राको प्रसंगलाई अभिनेत्री जसिताले धेरै सिनहरुमा लगाएको उही ड्रेसले गर्दा पनि अनुमान गर्न सकिन्छ । फिल्ममा प्रदीप र जसिता बाहेक स्मार्ट भिलेनको उपनामले चिनिने अनुप बिक्रम शाहीको पनि अभिनय रहको छ ।

मिलन चाम्सले निर्देशन गरेको फिल्ममा अभिनेत्री प्रियंका कार्की र सविन श्रेष्ठको पनि विशेष भूमिका रहेको छ । फिल्ममा मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतको अभिनय रहेको छ । काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । फिल्ममा सुदीप बरालको छायांकन रहेको छ ।निर्माण पक्षले फिल्म लभ स्टोरीमा बनेको बताए पनि ट्रेलरमा भने रोमान्स, प्रेम, विछोड र एक्सनका दृशहरु देख्न सकिन्छ ।


loading...