MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘नवप्रतिभा प्रोत्साहन सम्मान’ अभिनेत्री दीपिका प्रसाईंलाई

Published Date: 2018-03-07 00:00:00



नेपाली चलचित्र उद्योगमा लामो समयसम्म नायिकाहरुले आफ्नो वर्चश्व राख्न नसकिरहेका बेला नयाँ नयाँ उदाउने गरेका छन् ।

नयाँ चलचित्र ‘गुपचुप’को छायांकनमा व्यस्त रहेकी यिनै नायिका दीपिकालाई नेपाल चलचित्र कलाकार संघले ‘नव–प्रतिभा प्रोत्साहन सम्मान’ प्रदान गरेको छ ।नेपाल चलचित्र कलाकार संघको १६ औ वार्षिक साधारणसभामा उनीसहितका चलचित्रर्कीलाई सम्मान गरिएको छ । जनसंख्या तथा वातावरण मन्त्री श्री लालबाबु पण्डितले उनीहरुलाई सम्मान गरेका थिए ।

पछिल्लो दशकमा रेखा थापाले आफ्नो वर्चश्वलाई कायम राखेपनि उनी खस्कँदै गएपछि केही नायिकाहरु देखापरेका छन् । तर, उनीहरुलाई स्टारडम जोगाउन सकस देखिन्छ । यसैक्रममा देखा परेकी छन्, नवनायिका दीपिका प्रसाईं ।चार महिनाअघि रिलिज भएको चलचित्र ‘ऐश्यर्व’ नायिकामा डेब्यु गरेकी हुन् । उक्त चलचित्रमा उनको अभिनय, सुन्दरता र डाइलग प्रस्तुतले दीपिकालाई आशा लाग्दो नायिका हेरिन थालेकोछ ।

वरिष्ठ चलचित्रकर्मी मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य, आर. पि. पन्त, गेहेन्द्र धिमाल, बसन्त श्रेष्ठ, जय श्रेष्ठ, प्रकाश धिताल, दीपिका प्रसाईंलाई सम्मान गरिएको हो । मन्त्री पण्डितले महजोडीलाई एक लाख ११ हजार १११ रुपैयाँ र ताम्रपत्रसहितको ‘नेपाल चलचित्र कलाकार संघ राष्ट्रिय पुरस्कार–२०७४’बाट सम्मानित गरे ।

loading...