MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘मंगलम’को ‘पर्ख पर्ख मायालु’ बोलको गीतले १ करोड बढि ‘भ्युअर्स’ पायो

Published Date: 2018-03-08 00:00:00



६ महिना अगाडि युट्युबमा अपलोड भएको प्रतिक्षीत नेपाली चलचित्र ‘मंगलम’को लोक लयको ‘पर्ख पर्ख मायालु’ गीतले एक करोड भन्दा बढि भ्यूज पाएको छ | गीतले मंगलबार साँझ १ करोड बढि ‘भ्युअर्स’ को किर्तिमानी कायम गरेको छ | बुधवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले युट्युबमा गीतलाई करोड पटक हेरिएको अवससरमा केक काटेर सेलिब्रेसन गर्‍यो ।कृष्ण काफ्ले र विन्दु परियारको स्वर रहेको गीतमा दिपक शर्माको शब्द-संगीत सुन्न सकिन्छ ।

शिल्पा पोखरेल र पुष्प खड्का अभिनय रहेको भिडियोलाई कोरियोग्राफि कविराज गहतराजले गरेका छन् |चलचित्रमा शिल्पा र पुष्पका अलावा पृथ्वीराज प्रसाई, नीर शाह, मिथिला शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको चलचित्रका कार्यकारी निर्माता छविराज ओझा हुन् । नवल नेपालले चलचित्रलाई निर्देशन गरेका हुन् ।फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रमा विष्णु घिमिरेको छायांकन, गोविन्द फूयाँलको शब्द, मित्रदेव गुरुङको सम्पादन, गोविन्द र नवल नेपालको संवाद छ ।


loading...