MJ Radio
Facebook Twitter Youtube Skype
Flag

पूर्वेली भाकामा गायक मदन गोपालको ‘हेलिकप्टर’ रिलिज

Published Date: 2018-03-08 00:00:00



पूर्वेली लोक भाकामा गायक तथा संगीतकार मदन गोपालको ‘हेलिकप्टर’ को भिडियो सार्वजनिक भएको छ | शब्द र संगीतमा रहेको गीतमा पाकिस्तानी ईमाद रहमानले संगीत संयोजन तथा प्राविधिक काम गरेका छन् ।मदनका अनुसार इमादकै संगीत तथा संगीत संयोजन रहने अर्को सोलो एल्बम ‘तिम्रो खबर’ नयाँ वर्षको अवसरमा सार्वजनिक गर्ने तयारी भइरहेको छ । यसअघि मदनले ‘माया लैलै’, ‘मुटु नै किन’, ‘आजको दिन’, ‘आउँदैछु कि जाँदैछु’, ‘तिम्रो खबर’, ‘यो मन’ जस्ता गीतहरू श्रोता र दर्शकमाझ ल्याइसकेका छन् ।

प्रशान्त तामाङले निर्देशन गरेको भिडियोमा गोपालले फिचरिङ गरेका छन् । भिडियोमा निरोज श्रेष्ठको छायांकन र राजेश शाहको सम्पादन छ । गायक मदनले इमाद मार्फत नेपाल र पाकिस्तानसँगको सांस्कृतिक तथा सांगीतिक सम्बन्ध कायम गर्न पाउँदा आफू निकै हर्षित भएको बताए । 



loading...