MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘पञ्चायत’ को निर्माण टिम प्रचार-प्रसारमा निस्कियो

Published Date: 2018-03-08 00:00:00



चैत २ गतेबाट देशैभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘पञ्चायत’ पञ्चायती शासन व्यवस्थाका सामाजिक विषय र न्याय प्रणालीलाई आधार बनाएर तयार गरिएको चलचित्र हो | ५० बर्ष अगाडिको सामाजिक संरचना र त्यो समयका किशोरीहरुको यौन मनोविज्ञानलाई समाजले हेर्ने दृष्टिकोण र छाउपडी प्रथामा बस्ने किशोरीको पीडालाई ‘पञ्चायत’ मा देखाइएको निर्देशक शिवम् अधिकारी बताउँछन् ।

बुधवार चितवनको भरतपुरमा पत्रकार सम्मेलनमा आफ्नो भनाई राख्दै अभिनेता सरोज खनालले आफू अभिनीत चलचित्र ‘प्रेमपिण्ड’ मन पराउने दर्शकलाई ‘पञ्चायत’ हेर्न आग्रह गरे ।अधिकारी भन्छन्, ‘पञ्चायत’ मौलिक र अर्गानिक चलचित्र हो । आजभन्दा ७ वर्ष अगाडि नै चलचित्रको कथा लेखेको थिएँ । बल्ल स्क्रिप्टले पूर्णता पाएको छ ।’

एउटा कालखण्डको छाउपडी प्रथा र न्याय प्रणालीको कस्तो थियो भन्ने कुरा ‘पञ्चायत’ हेरेपछि प्रष्ट हुन्छ ।’ अभिनेत्री नीता ढुंगाना ‘पञ्चायत’ गर्व गर्न लायकको चलचित्र बनेको बताइन् ।यसअघि अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन् फ्रान्सिस्को चलचित्र महोत्सव’ मा ‘पञ्चायत’ ले बिदेशी भाषाको ‘उत्कृष्ट चलचित्र’ विधामा र ‘उत्कृष्ट मुख्य अभिनेत्री’ विधामा पुरस्कार जित्न सफल भएको थियो ।

यो चलचित्रमा सरोज र नीताका अलवा रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रलाई गणेश गिरीको प्रस्तुतीमा सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको चलचित्रलाई विपिन मल्लले सम्पादन गरेका हुन् ।

loading...