MJ Radio
Facebook Twitter Youtube Skype
Flag

ब्रेन ट्युमरको सिकार भए इरफान खान

Published Date: 2018-03-08 00:00:00



भारतको कोकिलाबेन अस्पतालमा स्वास्थ्य जाँच गराइे रहेको बलिउड अभिनेता इरफान खान ग्लियोब्लास्टोमा नाम रहेको ज्यानमारा क्यानसरको सिकार भएका छन् ।केही दीन अघि इरफानले ट्वीटर मार्फत ‘कहिलेकाहीँ तपाईँ एक झट्कामा जाग्नुहुन्छ । पछिल्लो १५ दिन मेरो जीवन रहस्यमय कथाका रूपमा रहेको छ । म दुर्लभ रोगबाट पीडित छु । मैले जिन्दगीमा कहिल्यै सम्झौता गरिनँ । म सधैँ आफ्नो रुचिका लागि लडिरहेको छु र पछि पनि लड्नेछु’ भनी टुइट गरेका थिए ।मल्टीफोर्मे ग्रेड ४ रहेको ट्युमर इरफानको ब्रेनको लागी खतरा रहेको चिकित्सकको भनाइ रहेको छ ।

loading...