MJ Radio
Facebook Twitter Youtube Skype
Flag

पिजी सर्टिफिकेट ‘हुर्रे’ लाई

Published Date: 2018-03-09 00:00:00



पशुपति परिसरमा हुने घटनालाई पर्दामा उतार्दै सुक्रबार २५ गते देखि प्रदर्सनमा आउन लागेको फिल्म “हुर्रे”लाई सेन्सर मार्फत पिजी सर्टिफिकेट दिएको छ ।डार्क कमेडी जनरा मा रहेको फिल्मलाई केन्द्रिय चलचित्र जाँच पास समितीले अभिभावकको साथमा बालबालिकाले हेर्न भन्दै फिल्मलाई प्यारेन्टल गाइडेन्स सर्टिफिकेट दिएको हो ।सोनम लामा, छिरिङ दोर्जे लामाको लगानी रहेको चलचित्र हुर्रेमा अनुप र केकीसंगै राजाराम पौडेल, प्रकाश घिमिरे, विजय बराल, अंकित खड्का, संगीता नापित, उपदेश तिमिल्सिना लगायतका कलाकारहरु को अभिनय रहेको छ |

दावा शेर्पा फिल्मका प्रस्तुतकर्ता रहेको छ भने शिव ढकालको छायांकन र कालिप्रसाद बास्कोटा र राजनराज सिवाकोटीको संगीत रहेको छ | राजेन्द्र थापा र कालिप्रसाद बास्कोटाको शब्द रहेको चलचित्रमा मिलन अमात्य, राजनराज र कालिप्रसादको स्वर रहेको छ |पशुपति परिसरमा फूल बेच्ने एक यूवतीको कथालाइ झल्काएको फिल्मलाई विक्रम स्वार र रोशन भट्टराइको नृत्य निर्देशन, चन्दन दत्तको सम्पादन रहेको छ ।


loading...