MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘भैरे’को पहिलो अफिसियल गीत सार्वजनिक

Published Date: 2018-03-11 00:00:00



शुक्रवार एक कार्यक्रमका बीच चलचित्र ‘भैरे’को कलाकार र निर्माण टिमको उपस्थितिमा पहिलो अफिसियल गीत ‘सान्नानीलाई भेट्न आउँदा’ सार्वजनिक गरियो । विक्रान्त बस्नेत, बुद्धि तामाङ र अभिनेत्री वर्षा शिवाकोटी फिचरिङ्ग गीतमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ | यम बराल, बसन्त सापकोटा र मेलिना राईको स्वर रहेको गीतमा निर्देशक एभरेष्ट सुर्य बोहरा र बसन्त सापकोटाको शब्द रहेको छ भने बसन्तको सङ्गीत रहेको छ |

छायाँकार पुरुषोत्तम प्रधानले कलात्मक शैलीमा गीत खिचेका छन् । निर्देशक बोहराको कथा रहेको फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् ।लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’मा बसन्त श्रेष्ठ र रामजी लामिछानेको पनि कोरियोग्राफीको रहेको छ । नेपालय सिनेमा इन्टरनेशनलद्वारा निर्मित यो फिल्मको प्रदर्शन मिति वर्ष २०७५ को जेठ १८ गतेलाई तय गरिएको छ ।

करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सहनिर्मातामा छन् । सूर्य थोक्करको द्वन्द्व रहेको फिल्ममा सुरक्षा पन्त, सुनिल थापा, जान्वी बोहरा, जयनन्द लामा, सुरवीर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरूको पनि अभिनय छ । बनिष शाहले फिल्मको सम्पादन सम्हालेका छन् ।


loading...