MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘द ब्रेकअप’को अफिसियल निर्माण घोषणा

Published Date: 2018-03-11 00:00:00



भदौ १५ गते रिलिज हुने गरि चलचित्र ‘द ब्रेकअप’को अफिसियल निर्माण घोषणा भएको छ ।ग्याङस्टर ब्लुजबाट डेव्यु गरेका आशिरमान देशराज जोशी मुख्य भूमिका देखिने भएका छन् र उनको जोडीको रूपमा नायिका शिल्पा मास्के देखिने भएकी छिन् ।चलचित्रमा आशिर र शिल्पाको साथमा सलोन बस्नेत, रेमनदास श्रेष्ठ,सरोज खनाल, नव–कलाकार इच्छा कार्की लगायतका कलाकारको अभिनय रहने छ ।आइतबार देखि पोखराबाट चलचित्रको छायाङ्कन सुरु हुने भएको छ । चलचित्रको छायाङ्कन पोखराको साथमा अस्ट्रेलियामा पनि हुने छ |चलचित्रलाई हेमराज बिसीले निर्देशन गर्दै छन् भने रोहित अधिकारीले निर्माण गर्दै छन् ।

loading...