MJ Radio
Facebook Twitter Youtube Skype
Flag

फिल्म ‘पञ्चायत’ को प्रिमियर हेरेर कसको कस्तो प्रतिक्रिया ?

Published Date: 2018-03-11 00:00:00



शुक्रबार साँझ राजधानीको कुमारीहलमा फिल्म ‘पञ्चायत’ को भव्य रेड कार्पेट प्रिमियर सम्पन्न गरियो | चैत २ देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पञ्चायत’ हेर्न मुख्य दलका शीर्ष नेताहरूको लर्को लागेको थियो । पूर्वप्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेता, वरिष्ठ कलाकार, पत्रकार र फिल्मकर्मी गरी झन्डै तीन सयको प्रिमियरमा उपस्थिति थियो ।फिल्म हेरेपछि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले त्यति बेलाको सामाजिक, सांस्कृतिक चित्रण गर्न फिल्म सफल रहेको भन्दै कलाकारको अभिनयको प्रशंसा गरे । दाहालले फिल्मको नाम र यसको कथावस्तु र प्रस्तुतिमा अलिकति अन्तरविरोध देखिएको प्रतिक्रिया दिँदै फिल्म पञ्चायत व्यवस्थामा आधारित नरहेको बताउदै अभिनेत्री निता ढुंगानाको अभिनयको तारिफ गरेका थिए |

२०३१ सालमा एउटा गाउँमा भएको न्याय प्रणाली, सामाजिक व्यवस्था तथा संस्कृतिसँग जोडेर बनाइएको ‘पञ्चायत’ मा सरोज खनाल, निता ढुंगाना, रूपा राना, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा लगायतको अभिनय रहेको छ । शिवम् अधिकारीको निर्देशन रहेको फिल्ममा पटकथा पनि उनकै रहेको छ | पूर्वप्रधानमन्त्री झलनाथ खनालले फिल्म यथार्थपरक, रोचक र मार्मिक भएको बताए । फिल्म हेर्न पूर्वअर्थमन्त्री वर्षमान पुन, पूर्वऊर्जामन्त्री जनार्दन शर्मा, एमाले नेता योगेश भट्टराई, पूर्व सञ्चारमन्त्री मिनेन्द्र रिजाललगायत आएका थिए ।

अमेरिकाको फिल्म महोत्सवमा उत्कृष्ट फिल्म अवार्डसमेत जितेको फिल्म ‘पञ्चायत’मा गणेश गिरी, सुशान्त श्रेष्ठ र शंकरसुवेदीको लगानी रहेको छ | त्यसैगरी, उद्योग मन्त्री मातृकाप्रसाद यादव, पूर्व सभामुख ओनसरी घर्ती मगर, प्रहरी अधिकारीहरू सर्वेन्द्रनाथ खनाल, रमेश खरेल, छविलाल जोशी लगायतको उपस्थित रहेको प्रिमियरमा उपस्थितले पूरा फिल्म हेरेर प्रतिक्रिया दिएका थिए ।

loading...