MJ Radio
Facebook Twitter Youtube Skype
Flag

अनुप ओझाको पहिलो गीत ‘वारिको डाँडामा म...’ सार्वजनिक

Published Date: 2018-03-12 00:00:00



पत्रकारितामा सक्रिय हुदै सांगीतिक क्षेत्रमा उदाउन लागेको अनुप ओझाले शनिबार युटयुब बाट पहिलो गीत ‘वारिको डाँडामा म...’ सार्वजनिक गरेका छन् | लेखन र संगीत संयोजन ओझा स्वयंको रहेको गायक ओझालाई प्रदीप लामाले साथ दिएका छन् । भिडियोको निर्देशन अस्ट्रेलियामा रहेका नेपाली कलाकारको समूह द नेक्स्टका प्रदीप लामाले गरेका हुन् ।

द काठमान्डु पोस्ट’ मा कार्यरत अनुप संगीत र कला साहित्यको रिपोर्टिङ गर्ने क्रममा गायनमा समेत आफूलाई प्रयोग गर्न चाहेको बताए । ‘मित्रता सेलिब्रेट गर्न मलाई योभन्दा गतिलो अर्को उपाय हुन सक्दैनथ्यो’, उनले भने, ‘बाल्यसखाबाट टाढा हुन बाध्य जोकोहीलाई यो गीतले छुन्छ ।’

दुई युवाको बाल्यकालीन मित्रताको सन्दर्भ समेटेको गीतले विविध कारणले दुई मित्रमध्ये एक जना बिदेसिनु पर्दा अर्कोले देशकै डाँडापाखामा सम्झेर गाएको व्यथा पस्किइएको छ । भिडियोमा गायक अनुप स्वयं, द नेस्क्टका कलाकारहरू दिप्सन परियार, निर्मल न्यौपाने, सुजन पोखरेल र समीर तामाङ फिचरिङ छन् । भिडियो नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको हो । ‘नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको यो हाम्रो पहिलो प्रोजेक्ट हो,’ निर्देशक प्रदीप भन्छन्, ‘साथीभाइलाई मिस गर्ने सबैलाई यो भिडियो मन पर्छ ।’

loading...