MJ Radio
Facebook Twitter Youtube Skype
Flag

अन्तर्राष्ट्रियस्तरको हास्य व्यंग्यात्मक रियलिटी शो नेपालमा

Published Date: 2018-03-12 00:00:00



वैशाखदेखि देशभरबाट आवेदन सङ्कलन गर्दै नेपालमा अन्तर्राष्ट्रियस्तरको हास्य व्यंग्यात्मक प्रतिस्पर्धात्मक रियलिटी सो कमेडी किङ्गको आयोजना गर्न लागेको कार्यक्रम संयोजक सुन्दर पुनले जानकारी दिए ।कमेडी किङ्ग नेपाली अनलाइन टेलिभिजनको सहकार्यमा निमार्ण तथा प्रसारण हुनेछ । ४० हजार सहभागी हुने अपेक्षासहित यस रियलिटी शोमार्फत कमेडी किङ्ग बन्ने प्रतियोगीले निशानको सब्सीडरी बजेट कार ड्याटसन रेडी गोसहित नगद पुरस्कार पाउनेछन् । दोस्रो र तेस्रो हुने प्रतियोगीलाई दुबई र कतार लगायत युरोप भ्रमणको प्याकेजसहित क्रमशः १० लाख र ५ लाख नगद पुरस्कार प्रदान गर्ने कार्यकारी निर्देशक राजकुमार विष्टले बताए ।

हास्यव्यङ्ग्यको क्षेत्रमा कलाकारको उपस्थिति घट्दै गाएकोले नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना हुन लागेको अनलाइन टिभी अन्नपूर्णका अध्यक्ष राजु सुवेदीले बताए ।सातै प्रदेशका सदरमुकाम सहित नारायणगढ, इटहरी र काठमाडौँ गरी १० सहरमा प्री अडिसन हुने र प्री अडिसनमा करिब ४० हजारको सहभागी हुने अनुमान आयोजकको छ ।सहभागी मध्येबाट १ सय जनालाई मेगा अडिसनका लागि छनोट गरिनेछ र छनोट भएका प्रतियोगीलाई काठमाडौँमा ल्याउने र मेगा अडिसनमा छनोट भएका मध्येबाट फेरि उत्कृष्ट ३० जना छनोट हुनेछन् ।

loading...