MJ Radio
Facebook Twitter Youtube Skype
Flag

नेपाल आइडलका प्रताप दासको “तिम्रो स्वरमा स्वर मिलाई ‘’

Published Date: 2018-03-13 00:00:00



वर्ष २०७५ को जेष्ठ ११ गते देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अनुराग’मा नेपाल आइडलका प्रताप दासले गाएको “तिम्रो स्वरमा स्वर मिलाई ‘’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ ।सरोज पोखरेलको संगीत र सत्य राज चौलागाईंको शब्द रहेको लिरिकल भिडियो लाई टेकेन्द्र शाहले सम्पदान गरेका छन् ।


नव नायक समुन्द्र पण्डित र एलिजा गौतम साथमा ठिलेन लामाको मुख्य अभिनय रहेको फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।एरिका फिल्म्सको ब्यानरमा तयार पारिएको फिल्म ‘अनुरागु लाई चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुतिमा भरत गौतम र गीता भेटवाल को लगानीमा निर्माण गरिएको छ |

फिल्ममा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ ।ओ एस आर डिजिटल युट्युव चानलबाट लिरिकल भिडियो सार्वजनिक गरिएको छ | फिल्ममा लाइन प्रोडुसर दिपक गौतम र निर्माण नियन्त्रक नविन पुरी रहेका छन् |


loading...