MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चैत्र २८ गतेबाट नेपालस् मेघा सिनेस्टार’ को अडिसन सुरु भयो

Published Date: 2018-03-13 00:00:00



चैत्र २८ गतेबाट अडिसन सुरु गर्दै प्रतिभाशाली कलाकारको छनोटको लागी मेगा इन्टरटेनमेन्टले ‘नेपालस् मेघा सिनेस्टार’ आयोजना हुने भएको छ |नेपालका ७ प्रमुख सहरहरू काठमाडौँ, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, वीरगञ्ज, इटहरीमा अडिसन सुरु गरिने यस रियालिटी सोमा निर्देशक तथा कलाकार सोभित बस्नेत र निश्चल बस्नेत र पूर्व मिस नेपाल माल्भिका सुब्बाले निर्णायक हुने भएका छन् |नेपालमा धेरै प्रतिभावान कलाकार भए पनि उनीहरूले चलचित्रमा आउन अवसर नपाएकाले उनीहरूलाई मञ्च दिलाउन यो प्रतियोगिता आयोजना गर्न लागिएको ‘नेपाल्स मेघा सिनेस्टार’ निर्देशक प्रवेश सम्राट् बरालले जानकारी दिए साथै रियालिटी सोमा विजेता हुने एक जना विजेताले २० लाख नगदसहित एउटा कार र एक चलचित्रमा अनुबन्धित हुने अवसर प्राप्त गर्नेछन्। असारको पहिलो सातादेखि कार्यक्रम टेलिभिजनबाट प्रसारण हुनेछ ।

loading...