MJ Radio
Facebook Twitter Youtube Skype
Flag

भुटि्नज नेपाली समुदायका युवा नृत्य प्रतिभाहरूको रियालिटी शो मेरो डान्स कप सुरु भयो

Published Date: 2018-03-13 00:00:00



ओहाइयो राज्यको अक्रोनमा अमेरिकामा रहेका भुटि्नज नेपाली समुदायका युवा नृत्य प्रतिभाहरूको रियालिटी शो मेरो डान्स कपको तेस्रो श्रृंखला सुरू भएको छ |गायक रामकृष्ण ढकाल र अभिनेत्री केकी अधिकारीको साथै अमेरिकामै रहेका नेपाली अभिनेता दिलिप रायमाझी, गायिका रिमा गुरूङ र वाद्यवादक सुशील विश्वकर्मा पनि कार्यक्रमको एक महत्वपूर्ण हिस्साका रूपमा सहभागी भएका छन् |

मेरो डान्स कप हिमालयन म्युजिक एकेडेमी र ड्रुक फ्युजन ब्याण्डको सहकार्यमा एजे स्टुडियोले प्रस्तुत गर्नेछ । यसपटकदेखि गायन प्रतिभाहरूको प्रतिस्पर्धात्मक रियालिटी शो मेरो भ्वाइस कप पनि सुरू गरिने छ।

ग्लोबल भुटि्नज मिडिया भूगोलमा नेपाली भाषा, साहित्य, संगीत बाँढ्नु हुदैन भन्ने कुरामा विश्वास गर्छ। यसमा भूगोलभन्दा पनि माथि उठेर भावनाको कुरा अाउँछ । त्यसैले हामी कदापि पनि तोड्ने कुराको पक्षपोषण गर्दैनौं, सधैभरि जोड्ने कुराकै हिमायत गर्छौ । तर, यसको अर्थ समुदायमा उठेका अल्पमतका आवाजहरूले ठाउँ पाउँनु हुदैन भन्ने कुरासँग हामी सहमत हुदैनौ ।

हामी सबैखाले स्वाधिन मतहरूको सम्मान गर्छौ। मिडियामा आवाजबिहिनहरूको आवाजका रूपमा अल्पमतको आवाजले पनि ठाउँ पाउँनु पर्छ, यो पत्रकारिताको आधारभूत मूल्य मान्यता हो, हामी यसको सम्मान गर्छौ।

आयोजकले सहभागिता, निर्णायकलगायतका धेरै सूचना सार्वजनिक नगरेकाले समुदायमा अझै पनि अन्यौल नै रहेको गुनासोहरू सामाजिक सन्जालमा देख्न पाइन्छ। कतिपयले शरणार्थी शिविरमा आगलागी भएर भुटानी दाजुभाइ दिदीबहिनीहरू विचल्ली भएको बेला यो रमझम बेमौसमी बाजा भएको लेखेका छन् भने केहीले नेपाली कलाकार ल्याएकोमा सांकेतिक विमति पनि राखेका छन् ।

loading...