MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘लिलिबिली’ का तीन पोष्टरहरु सार्वजनिक

Published Date: 2018-03-23 00:00:00



चैत ३० गतेबााट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘लिलिबिली’ का तीन रोमान्टिक पोष्टरहरु सार्वजनिक भएका छन् ।पोष्टरमा युवा स्टार प्रदीप खड्का र नव-नायिका जसिता गुरुङलाई समावेश गरिएको छ ।स्कटल्याण्ड, नेपाल, लन्डन र टर्कीको स्थानबुलमा छायांकन गरिएको चलचित्रलाई काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरले निर्माण गरेको छ भने मिलन चाम्सको निर्देशित चलचित्र बनेको छ |लभ स्टोरीमा बनेको चलचित्र ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।चलचित्रमा प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

loading...