MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र सुनकेसरीको प्रेस विमोचन

Published Date: 2018-03-23 00:00:00



बिजी इनटरटेंमेंट, रिचा शर्मा फ्लिम्स , द पिक पक्चर्सको साथमा थर्ड आइ पक्चर्सको सयुक्त लगानीमा सुनकेसरी फ्लिमको निर्माण गरेका छौ | हरर जनरा कथामा बनेको सिनेमाको सम्पूर्ण छायांकन अस्ट्रेलियामा गरिएको छ |

अस्ट्रेलियाका भिम न्यौपाने र कलाकार रिचा शर्माको सयुक्त निर्माणको यो सिनेमालाई अर्पण थापाले निर्देशन गर्दै छन् |सन् १८८० मा निर्माण गरिएको एउटा अस्ट्रेलियान दरबार अहिले बुटिक होटेलमा परिणत हुने क्रममा कथाका पात्र सुनकेसरी,रुपेन र एमा होटेलको पहिलो गेस्ट हुन पुगछन् |होटेल भित्र यी तीन पात्रहरुसंग भुतप्रेतको चहलपहलसंग हुने जीवन मरनको संघर्सको कथा हो |

यस सिनेमामा रिचा शर्मा , रबिन्द्र झा , सन्नी ढकाल ,भिम न्यौपाने लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ |शर्मिला सापकोटा र धर्म राज अधिकारी सह निर्माण रहेको यस सिनेमाका कार्यकारी निर्माता भने मनोज अधिकारी हुन् |

सुनकेसरी सम्पूर्ण रुपमा विदेशी प्राबिधिक राखेर निर्माण गरेको पहिलो सिनेमा हो |सिनेमामा सम्पूर्ण प्राबिधिकहरु हलिउड र अस्ट्रेलियन फ्लिम उद्योगका काम गरेका व्यक्तिहरु छन् | अस्ट्रेलियन फ्लिम उद्योगमा एक दसक देखि छायांकन गरि रहेका रा शर्माले यस सिनेमालाई खिचेका हुन् भने हलिउड सिनेमाहरु म्याट्रीस देखि हबिट,स्टार वार्स लगायतका दर्जनौ सिनेमामा स्टन्ट संयोजन गरेका जर्ज सालीबा यस सिनेमाका स्टन्ट संयोजन गरेका छन् |

यहि जेठ ११ का दिन यो सिनेमा नेपालका सम्पूर्ण सिनेमा घरहरु र संसारका विभिन्न देशहरुमा एकै साथ प्रदर्शनमा आउदै छ |

थप जानकारीको लागि हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ |


भवदिय,

रिचा शर्मा /भिम न्यौपाने
निर्माता -सुनकेसरी

loading...