MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘शत्रुगते’ सबै हलहरुमा हाउसफुल

Published Date: 2018-03-23 00:00:00



आज बाट चलचित्र ‘शत्रुगते’ सिनेमा हलमा प्रदर्शनमा आएको छ मह सञ्चारको प्रस्तुति र किरण केसीको निर्माणमा बनेको चलचित्रले मल्टिप्लेसमा राम्रो सो पाएको र बिहानी सो अधिंकास हाउसफुल रहेको छ । काठमाडौँको गोपिकृष्ण, अष्टनारायण र मल्टिप्लेसका प्राय सोहरू भरिएको जानकारी वितरक गोपाल कायस्थले दिएका छन् |चलचित्रमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ । हरिवंश आचार्यको कथा रहेको चलचित्रमा निर्देशक भट्टराई र दिपकराज गिरीको पटकथा रहेको छ ।चलचित्रले निकै राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

loading...