MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘कृ २’ बन्ने भयो

Published Date: 2018-03-23 00:00:00



फुटबल खेलाडीको भूमिकामा युवा स्टार अनमोल केसी चलचित्र ‘क्याप्टेन’ को सुटिङमा व्यस्त हुँदैछन् । दीवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्रमा भुवन केसी निर्मातामा छन् ।‘कृ’ जहाँबाट अन्त्य भएको थियो, सिक्वेलको कथा त्यहीबाट अगाडि बढ्नेछ र अनमोल फेरि ‘कृ २’ मा दोहोरिने छन् भने अरु सबै नयाँ हुन सक्छन् ।निर्माता सुवास गिरी भन्छन् "हामीले ‘कृ’ को कथा सिक्वेल निर्माण गर्ने गरि नै छाडेका थियौं ।वर्ष २०७६ मा रिलिज गरिने चलचित्रको छायांकन यूकेमा हुनेछ । ‘कृ’ का निर्देशक सुरेन्द्र पौडेलले सिक्वेल निर्देशन गर्ने सम्भावना निकै न्यून रहेको स्रोत बताउँछ ।चलचित्रमा सुवास गिरीको मात्र लगानी रहनेछ ।

loading...